रवि लामिछानेविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

NAWALPUR TIMES

रवि लामिछानेविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश
rabi lamichane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेलले सफलले दायर गरेको योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न अदालतले आदेश दिएको हो ।

रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

युवराज पौडेलले लामिछाने गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology