रविविरुद्धको रिटमाथि सुनुवाइ आज, जवाफ मागिँदै

NAWALPUR TIMES

रविविरुद्धको रिटमाथि सुनुवाइ आज, जवाफ मागिँदै
rabi lamichane

कावासोती  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुने भएको हो ।

रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो ।  उनको निर्णय बदर गर्नुपर्ने माग गर्दै सोमबार अधिवक्ता युवराज पौडेल ‘सफल’ ले रिट निवेदन दायर गरेका थिए।

सफलले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

यसै मामिला लिएर चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका लामिछानेविरुद्ध उजुरी परेको छ । सफलले इमेलमार्फत उजुरी दर्ता गराएका छन् । । सफलले दिएको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर आजै निर्वाचन आयोगमा पठाइँदै छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology