रजहर खानेपानी : स्थानीय तहको निर्वाचनको झल्को दिने गरि मतदान हुँदै
NAWALPUR TIMES प्रकाशित : २०७७ मंसिर २७ गते १४:३४
AddText 12 12 02.09.06
कावासोती । रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिति र लेखासमितीको निर्वाचन यति बेला चलिरहेको छ ।
स्थानीय तहको निर्वाचनको झल्को दिने गरि सुरु भएको निर्वाचनमा नेपाली काङ्ग्रेस र राप्रपाको संयुक्त प्यानलबाट गोविन्दप्रसाद सापकोटा , नेकपा र जनमोर्चाको प्यानलबाट गंगा बहादुर थापा र विवेकशील साझा बाट हरि प्रसाद गौतमले अध्यक्षमा उम्मेदवारी दिएका छ्न ।
उपाध्यक्ष पदका लागि लाल प्रसाद अधिकारी र टिका शर्मा भुसाल, सचिव पदका लागि नारायण पौडेल र संगिता बराल सापकोटा, सहसचिवको पदका लागि मनिकला आचार्य र जमुना कंडेल, कोषाध्यक्ष पदका लागि तिर्था चालिसे (सुष्मा), डिलमाया मरासिनी र जमुना अर्यालको उम्मेद्वारी परेको निर्वाचन संयोजक टोपराज कोइरालाले बताए ।
यसैगरि सदस्य पदका लागि साविक रजहर १ बाट एकनाथ पुडासैनी र मुक्ति प्रसाद पौडेल, रजहर २ बाट तुलसी महतो र खोर बहादुर थनेत, रजहर ४ बाट टेक बहादुर तामाङ र विदारी लाल तामाङ, रजहर ५ बाट विश्वनाथ पौडेल र गंगाराम थनेत, रजहर ६ बाट सावित्री खरेल र अमर बहादुर मल्ल, रजहर ७ बाट धन बहादुर अधिकारी र खुम बहादुर अधिकारी, रजहर ८ बाट नर बहादुर दर्जी र मिना आचार्यको उम्मेद्वारी परेको निर्वाचन संयोजक कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार खानेपानी समितिको लेखा संयोजक पदका लागि हरि काफ्ले र गणेश बहादुर रायमाझी, सदस्य पदका लागि चुण्ड प्रसाद सापकोटा, पुनम गुरुङ, शान्त कुमार वाग्ले र शान्ती चालिसेको उम्मेदवारी परेको छ ।
बिहान ९ बजे बाट सुरु भएको मतदान तीन बजे सम्म जारी रहने कोइरालाले जानकारी दिए । कोईरालाका अनुसार कुल २३७२ मतदाता रहेको निर्वाचनमा ५ वटा मतदान केन्द्र बनाएर निर्वाचन कार्यक्रम अगाडि बढाईएको छ ।
देवचुली मा.वि, बरचुली मा.वि, बरचुली मा.विको अग्रेजी भवन , लक्ष्मी भवन र ध्रुव ज्योति प्रावी मा यति बेला मतदान चलिरहेको कोइरालाले बताए । यो समाचार तयार पार्दा सम्म करिब करिब ५५ % मत खसेको कोइरालाले बताए ।
सबै मतदान केन्द्रको मतपेटिका संकलन गरेपछी आज साझ ६ बजे बाट मतगणना सुरु गरिने र अन्तिम मतपरीणाम आजै आउने पनि कोइरालाले बताए ।
Facebook Comment