यौन सम्पर्कका बेला पुरुषमा बढी हृदयघातको खतरा

NAWALPUR TIMES

यौन सम्पर्कका बेला  पुरुषमा बढी   हृदयघातको खतरा
yo1628498593

अमेरिकाको सिडर सायनायल हार्ट इन्टिच्युटले हालै गरेको एक अध्ययन अनुसार यौनसम्पर्कका बेला हुने आकस्मिक हृदयघात महिलामा भन्दा पुरुषमा बढी हुन्छ । इन्टिच्युटका डाक्टर तथा अनुशन्धानकर्ता सुमित चुघले यस अघि पनि हृदयघात हुने कारण सम्बन्धी ४५ सय ५७ वटा अनुसन्धान गरेका थिए ।

डाक्टर चुघका अनुसार सेक्स तथा कार्डियाक अरेस्ट अर्थात आकस्मिक हृदयघातका विषयमा भने यो उनको पहिलो अध्ययन हो । यस अध्ययनको नतिजालाई अमेरिकन हार्ट एसोसिएशनको कन्फेरेन्समार्फत सार्वजनिक गरिएको थियो ।  अध्ययनका अनुसार सडन कार्डियाक अरेस्ट र अर्थात आकस्मिक हृदयघात र हृदयघातमा फरक छ ।

हृदयघात त्यति बेला हुन्छ जतिबेला  मुटुमा पुग्ने रगतमा कुनै कारणवश रुकावाट आउँछ । तर, आकस्मिक हृदयघातमा कुनै करणबाट मुटुले नै अचानक काम गर्न छोड्छ । यस्तो अवस्थामा व्यक्ति बेहोश हुन्छ, श्वास प्रश्वास बन्द हुन्छ र तत्काल कसैको मद्दत नपाएमा ज्यानै जान सक्छ ।

आकस्मिक हार्ट अट्याकसँग जोडिएका केही तथ्य 

यदि व्यक्तिलाई अस्पताल भन्दा बाहिर आकस्मिक हृदयघात भएको छ भने ९० प्रतिशत बिरामी बाँच्ने संभावना हुँदैन । आकस्मिक हर्ट अट्याक भएका व्यक्तिले सीपीआर नपाए प्रत्येक मिनेट बाँच्ने संभावना कम हुँदै जान्छ । तर, हर्ट अट्याक आउने बित्तिकै बिरामीले सीपीआर पायो भने बाँच्ने संभावना बढ्छ । सीपीआरका क्रममा छातीमाथि एक मिनेटमा १ सयदेखि १ सय २० पटक दबाब दिनु पर्छ ।

सीपीआर दिने तरिका सबैले जान्न जरुरी

कार्डियो पल्मोनरी रिज्यूक्युलेसन ९सीपीआर० अर्थात छातीमा दबाब दिने तरीका सबैले सिक्नु पर्ने शोधकर्ताहरूले जोड दिएका छन् । अध्ययनका क्रममा जम्मा एक तिहाई यस्ता घटनामा मात्र सीपीआर दिएको खुल्न आएको छ । डाक्टर चुघका अनुसार सीपीआर अत्ति नै जरुरी छ भन्नेमा पनि अध्ययनले खुलाएको छ । सीपीआर इमरजेन्सीमा दिने एक किसिमको प्राथमिक उपचार विधि हो । जसमा छातीलाई जोडले पटक पटक दबाब दिदै बिरामीमा श्वास फर्काउने प्रयास गरिन्छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology