यू–१९ विश्वकप : नेपाल समूह ‘डी’मा, तयारी खेलमा वेस्ट इन्डिजसँग खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २६ गते ९:०७
यू–१९ विश्वकप : नेपाल समूह ‘डी’मा, तयारी खेलमा वेस्ट इन्डिजसँग खेल्ने
Nepali u19 cricket 1702345765

कावासोती  । आगामी वर्ष आयोजना हुने यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘डी’को नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्ने भएको हो । दक्षिण अफ्रिकामा हुने विश्वकपअन्तर्गतको यो खेल जनवरी २१ मा हुनेछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । विश्वकपको यस संस्करणमा कुल १६ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । यस्तै, समूह ‘सी’मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया छन् ।

जनवरी १९ देखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा भने आयरल्यान्ड र अमेरिका भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ मा हुनेछ ।

प्रकाशित : २०८० मंसिर २६ गते ९:०७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI