यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

NAWALPUR TIMES

यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै
Nepali U19 Women Cover

कावासोती । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।

यू-१९ महिला विश्वकप पनि आगामी जनवरी-फेब्रुअरीमा हुँदैछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology