यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

NAWALPUR TIMES

यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान
u 19 nepali cricket toli 1230 1024x683 1

कावासोती । नेपाली यू-१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ ।

मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ ।

समुह एमा अपराजित हुँदै सेमिफाइल पुगेको नेपालले समुह डीको विजेताको रुपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।

यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समुह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस(डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समुह विजेता बनेको हो ।

यू–१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology