यू–१९ एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग

NAWALPUR TIMES

यू–१९ एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग
Nepal U19 1699432091

कावासोती । एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंसिर २२ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology