नवलपुर । नेपाली कांग्रेस नवलपुरका युवा नेता धर्मराज बस्यालले यहि पुस २७ गते हुने नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशनमा उप सभापति पदमा उम्मेदवारी दिने बताएका छ्न ।
नेपाल विद्यार्थी संघ बाट राजनीति जीवन सुरु गरेका बस्याल तरुण दल जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस देवचुली-१४को वडा सभापति रहेर काम गरेका बस्या कांग्रेस नवलपुरको जिल्ला कार्यसमिति सदस्य हुन ।
युवामाझ रुचाईएका बस्याल व्यवसायी मैत्री पनि हुन । दलदले द्यौवादी मोटर बाटो अध्यक्ष, देवचुली उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष, नेपाल हेभी ईक्युपमेन्ट व्यवसायी महासंघको वर्तमान केन्द्रिय उपाध्यक्ष रहेर काम गरेका उनले राजनीति र व्यवसाय सँगसँगै अगाडी बढाएका छ्न ।
गुटउपगुबाट पार्टीलाई मुक्त गराउदै आगामी तिनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि नेतृत्वमा युवाहरु आउनु पर्छ भन्ने सोचका साथ आफुले जिल्ला उपसभापतिमा उम्मेदवारी दिन लागेको बस्यालले बताए ।
प्रकाशित : २०७८ पुष २१ गते ८:२१
Facebook Comment