युवाहरुको सक्रियतामा उद्यमी सहकारी

NAWALPUR TIMES

युवाहरुको सक्रियतामा उद्यमी सहकारी
received 2810488289196570

डि आर क्षेत्री/देवचुली
काेभिड १९ काेराेना भाईरसका कारण जनमानसमा नकारात्मक प्रभाव बढ्दै भएकाे छ र यसकाे अन्त्य कहिलेसम्म हाे भनेर मानिसहरु चिन्तित हुदै गएकाे बेला देवचुलीका युवाहरुले भने बढदाे बेरोजगारीकाे दिगाे समाधानका लागि सहकारीकाे स्थापना गरेका छन।

देवचुली नगरपालिका नगर कार्यपालिका द्वारा निर्मित सहकारी एेन २०७५ काे अधिनमा रहि दर्ता भएकाे याे पहिलाे सहकारी हाे। दिव्यपुरि युवा उद्यमी सहकारी संस्था लिमिटेड नाम दिईएकाे यस सहकारीको शनिबार एक कार्यक्रमका बिच प्रारम्भिक साधारणसभा तथा पहिलाे अधिवेसन सम्पन्न भएकाे छ ।

अधिवेसन बाट केशव भण्डारीकाे अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएकाे छ । समितिकाे उपाध्यक्षमा सुन्दर पाण्डे , सचिव कृष्ण वाग्ले , काेषाध्यक्ष नरेन्द्र भण्डारि र सह सचिवमा सुशील चापागाईं सहित अन्य छ जना सदस्य रहेका छन् ।

हरेक वर्ष २० जना सदस्यलाई उद्यमि वनाउने , कृषि तथा गैर कृषि क्षेत्रमा व्यवसायी गरिरहेका र गर्न चाहनेलाई तालिम प्रदान गर्ने शैक्षिक बेरोजगारी कम गर्ने तथा विदेशबाट फर्कि अाएका अाम दाजुभाइहरुलाई लघु उद्यम कर्जा मार्फत स्वराेजगार बनाउने दृढ संकल्पका साथ आफुहरु अगाडि बढने नव निर्वाचित अध्यक्ष भण्डारीले बताए ।

देवचुली  नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गाेपालराज शर्मा लम्साल प्रमुख अतिथि रहेको कार्यक्रममा वडा नं १ र ५ का अध्यक्षद्वय लक्ष्मण राज भण्डारी र शिवलाल सापकाेटाकाे समेत उपस्थित रहेकाे थियाे ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology