युनाईटेड गोल्ड कपको उपाधिका लागि सेन्ट्रल कलेज २८ बिगाहा र नवज्योति युवा क्लब हसौरा भिडदै

NAWALPUR TIMES

कावासोती । हुप्सेकोटमा जारी ३७ औं संस्करणको युनाईटेड गोल्ड कपको उपाधिका लागि सेन्ट्रल कलेज २८ बिगाहा र नवज्योति युवा क्लब हसौरा आज (बिहिबार) आमने सामने हुने भएका छन ।

असोज ८ गते सोमबार सम्पन्न सेमिफाइनलको अन्तिम खेलमा हरियाली युवा क्लब रजहरलाई नवज्योति युवा क्लब हसौराले १ का विरुद्ध ३ गोलले पराजित गरेर फाईनल यात्राको ढोका खोलेको हो । सेन्ट्रल कलेज २८ बिगाहाले असोज ७ गते भएको सेमिफाइनलको पहिलो खेलमा गोर्खा फोर्स सिसेनीलाई पराजित गरेर फाईनल यात्रा सुनिश्चित गरेको थियो ।

२० वटा  फुटबल क्लबले भाग लिएको प्रतियोगिताको विजेताले दुुई लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले एक लाख ३५ हजार पाँच सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर र अनुसासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।

समापन खेल हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा दिउँसो २ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology