युएईले दियो नेपाललाई २०३ रनको लक्ष्य

NAWALPUR TIMES

युएईले दियो नेपाललाई २०३ रनको लक्ष्य
nepalvsuae 20220318054543

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमायुएई नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ।

५० ओभर खेल्दै युएईले ९ विकेट गुमाएर २०२ रन जोडेको थियो।

युएईका लागि मुहम्मद वासिमले ५१ बल खेल्दै ३३ रन जोडे भने चिराग सुरीले ५४ बल खेल्दै २६ रन जोडेका थिए। त्यस्तै रोहन मुस्ताफाले ७३ बल खेल्दै ६० रन जोडेका थिए।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह एरी, करन केसी र आरिफ शेखले समान १-१ विकेट लिएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology