यी हुन मुख्य मन्त्री राई सँग बिहे गर्न लागेकी मोडल: हेर्नुहोस पाँच तस्बिरमा

NAWALPUR TIMES

यी हुन मुख्य मन्त्री राई सँग बिहे गर्न लागेकी मोडल: हेर्नुहोस पाँच  तस्बिरमा
sherdhan rai

काठमाडौँ– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दै छन् ।

शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् ।  ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने लागेको राई निकट स्रोतले जानकारी दिएको हो ।

राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच काठमाडौँमा बिहे हुनेछ भने विराटनगरमा भोजको आयोजना गरिने जनाइएको छ ।

५० वर्षीय राईले आफूभन्दा झण्ड २५ वर्ष कान्छी शेर्पासँग विवाह गर्न लागेका हुन ।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो।

अमेरिकामा बसोबास गर्दै आएकी ज्याङ्मुसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव राईले जानकारी दिए।

ज्याङ्मुका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। 

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनयसमेत गरेकी छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology