यी हुन् पक्राउ परेका ७ ‘नक्कली डाक्टर’, को कहाँ कार्यरत थिए?

NAWALPUR TIMES

यी हुन् पक्राउ परेका ७ ‘नक्कली डाक्टर’, को कहाँ कार्यरत थिए?
1618830702514

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूनरो (सिआइबी)ले पक्राउ परेका ७ जना नक्कली प्रमाणपत्रधारी डाक्टर र एक जना कन्सलटेन्सी सञ्चालकलाई सार्वजनिक गरेको छ।

सिआइबीले महाराजगञ्जस्थित कार्यालयमा उनीहरुलाई सार्वजनिक गरेको हो। देशका विभिन्न अस्पतालमा कार्यरत उनीहरुलाई सिआइबीको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरी विष्णुपुर-२ घर भई हाल मोरोङ विराटनगर महानगरपालिका-५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा-९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– २ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ छन्।

यस्तै, महोत्तरी सरपल्लो– ६ घर भई हाल जनकपुर उपमहानगरपालिका– ७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका– ५ घर भई हाल ललितपुर महानगरापालिका– २ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस – ५का दिपेन्द्र गौतम पक्राउ परेका हुन्।

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

पक्राउ परेका अरु कहाँ कार्यरत थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology