यी हुन् कोभिडका कारण विद्यालय बन्द हुने मुख्य सहर

NAWALPUR TIMES

यी हुन् कोभिडका कारण विद्यालय बन्द हुने मुख्य सहर
60740a46d549e 1605688277.school

काठमाडौँ : कोभिड-१९ को नयाँ प्रजाति फैलिएपछि सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभर मख्य शहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्लासहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुुर आदि सहरमा बैशाख मसान्तसम्म भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

 

 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology