याद गर्नोस्, यस्तो अवस्थामा बदर हुन्छ मतपत्र

NAWALPUR TIMES

याद गर्नोस्, यस्तो अवस्थामा बदर हुन्छ मतपत्र
election chunab cJDzdyHKt9

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । उमेदवारहरू मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रचारप्रसार गरिरहेका छन् ।

निर्वाचन आयोगले मतदानका लागि आवश्यक तयारी गरिरहेको छ । मंसिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

आयोगले मतपत्र बदर हुने अवस्थाका बारेमा जानकारी गराएको छ । मतदान गर्दा ध्यान दिनुपर्ने कुराबारे आयोगले सजग गराएको हो ।

मतपत्र बदर हुने अवस्था–
१. मतपत्र च्यातिएमा,
२. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा,
३. दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मतसंकेत गरेमा,
४. स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा,
५. एकभन्दा बढी चिह्नमा मतसंकेत गरेमा,
६. निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मतसंकेत गरेमा,
७. मतपत्रमा स्वस्तिक छापबाहेक अरू कुनै संकेत जस्तै : औँठाछाप, हस्ताक्षर आदिले मतसंकेत गरेमा ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology