यहि व्यवस्था भित्र रहेर जनताको अवस्था परिवर्तन गर्न आएका हौँ : सभापति लामिछाने

NAWALPUR TIMES

यहि व्यवस्था भित्र रहेर जनताको अवस्था परिवर्तन गर्न आएका हौँ : सभापति लामिछाने
FB IMG 1703212428604

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर जनताको अवस्था परिवर्तन गर्न आफुहरु आएको बताएका छ्न ।

बिहिबार नवलपुरको बौदीकाली गाउँपालिका -२ डेढगाँउमा राष्ट्रिय स्वतन्त्रता पार्टीले पहिलो पटक आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने “जनताको अवस्था परिवर्तन गर्न कुनै वाद सिद्धान्तले रोक्दैन,त्यसैले हाम्रो पहिलो काम भनेको यहि व्यवस्था भित्र रहेर जनताको अवस्था परिवर्तन गर्ने हो । ”

राष्ट्रिय स्वतन्त्र पार्टीको मुलमन्त्र देशबाट भ्रष्टाचार अन्त्य रहेकाले आफ्नो पार्टी र आफुहरुलाई साथ दिन आग्रह गर्दै सभापति लामिछानेले आफू र आफुहरुलाई रोक्न फिजिकल आक्रमण, डिजिटल आक्रमण मुद्दामामिला सबै भएको तर आफू न आत्तिएको र न आत्तिने बताएका हुन ।

देश बनाउने मुद्दा  बोकेर हिडदा आफू र आफ्नो दल माथी विभिन्न अवरोध गरिएको बताउदै सभापति लामिछानेले देश बनाउने मुद्दा शिरमा बोकेर हिडेकाले आफुहरु विचलित नहुने बताए । “यो राजनीतिमा नलागेको भए यति धेरै गालिगलौज, यति धेरै मुद्दा  मामिला मैले कहिले पनि झेल्नु पर्ने थिएन, तर  एक पटक एउटा पुस्ताले त्याग नगरे सम्म कुनै पनि देश बन्दैन, हामी त्याग गर्ने पुस्ता हौँ, हामी तयार भएर आएका छौ ।”, उनले भने, “जतिसुकै गाली आवोस, जतिसुकै आलोचना आओस् मुद्दाका ठेलीनै ठेली लागोस जनताको मुद्दालाई शिरमा बोकेर हिडेको मान्छे आत्तिदैन म आत्तिएको छैन तपाईहरु पनि न आत्तिनुस ।”

२०७९ को निर्वाचनको अगाडि आफू नवलपुरको पहाडी क्षेत्र एक पटक आउन सकेको भए संसदमा थप एक सिट बढने बताएका सभापति लामिछानेले आफ्नो दलबाट निर्वाचित सांसद २१ जना मात्रै भए पनि संसदमा जनताको मुद्दा  सशक्त रुपमा उठाएको बताए । “कमिसनमा र्‍याल चुहाउने मान्छे रास्वपामा छैन्न, हामी जनतालाई ठगेर खाने मान्छेलाई राजनीतिमा बर्जित गरेर ७२ घन्टा भित्र कार्वाही गर्ने छौं,” उनले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology