कावासोती ८ मंसिर २०८२
सुचना र संगितको माध्ययमबाट आमजनतालाई सुसुचित गर्दे आईरहेको सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज अठार बर्षमा प्रबेश गरेको छ । नवलपुरको कावासोतीमा संचालनमा रहेको मध्यविन्दु एफएम बि.स. २०६५ साल मंसिर ८ गते देखि नियमित प्रसारणमा आएको थियो । त्यस अघि रेडियोले बि.स. २०६५ साल असोज १४ गते घटस्थपना देखि आफ्नो परिक्षण प्रसारण शुरु गरेको थियो ।
रेडियो व्यवस्थापनले नियमित प्रसारण भएको दिन मंसिर ८ गतेलाई बार्षिकोत्सवका रुपमा मनाउदैं आएको छ ।
रेडियो सञ्चालक समितिक अध्यक्ष यमकला बस्याल ले कावासोते १ मा रहेको जलदेबी प्राबिमा स्टेशनरी वितरण गरेर वार्षिकोत्सव मनाईने जानकारी दिनुभयो । चितवन तथा नवलपुरका सक्रिय सञ्चारकर्मी,युवा पत्रकार तथा सामाजीक व्यक्तित्वहरुको सक्रियतामा सञ्चालनमा आएको रेडियो मध्यविन्दु गैंर नाफामुलक सस्था सामुदायिक सचेतना तथा सञ्चार प्रतिष्ठानद्धारा संचालित रेडियो हो ।

“समुदायको विकासका लागि सञ्चार अभियान” भन्ने आफ्नो मूल नाराका साथ स्थापित रेडियो मध्यविन्दु अहिले दैंनिक नियमित २० घण्टा प्रसारण हुदैं आईरहेको छ ।
सञ्चालक समितिका अध्यक्ष यमकला बस्याल ल ले रेडियोमा आबद्ध सबैं सदस्यहरु , कार्यसमितिका पदाधिकारी , सल्लाहकार एवम् आम शुभचिन्तकहरुलाई बार्षिकोत्सवको अबसरमा धन्यवाद भन्नुहुदैं सबैंको सहयोगले रेडियोलाई अझैं गुणस्तरिय बनाउदैं लैंजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजको सकारात्मक परिवर्तनका लागि आफ्ना कार्यक्रमहरु मार्फत् महत्वपुर्ण भुमिका निर्वाह गर्दे आईरहेको रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्ज नागरिकको सुसूचित हुन पाउने अधिकार प्रति सदैब सचेत रहेको बस्याल ले बताउनुभयो ।
रेडियो संचालक समितिका महासचिव आशिष रेग्मिले रेडियोको प्रमुख उदेश्य भनेको प्रसारणको माध्यमद्वारा समाजको सकारात्मक परिवर्तन गर्ने रहेको बताउनुभयो । स्थानीय बिषयबस्तुहरुलाई मुख्य प्राथमिकता दिएर प्रचार–प्रसार गर्दै सामाजीक बिषयबस्तुहरुलाई नीति निर्माण तहसम्म पुर्याउनका लागि एउटा सहजकर्ताको भूमिका खेल्नुनैं रेडियोको उदेश्य रहेको रेग्मीले बताउनुभयो ।
रेडियोलाई आजको दिन सम्म ल्याईपुर्याउन सहयोग गर्ने स्रोता , बिज्ञापनदाता ,सस्थापक , रेडियोमा कार्यरत कर्मचारी सबैंलाई रेडियो व्यवस्थापनले आभार प्रकट गरेको छ । आगामी दिनमा पनि सधैं रचनात्मक सहयोगको लागि सबैसंग रेडियोले आग्रह गरेको छ ।
आदिवासी जनजाति, अल्पसंख्यक ,दलीत मधेसी तथा पिछडिएका वर्गको हक हित र अधिकारका लागि समेत रेडियोले आफ्नो आवाज उठाउदैं आएको छ ।
प्रकाशित : २०८२ मंसिर ८ गते ८:३९
Facebook Comment