यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी

NAWALPUR TIMES

यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी
see exam
काठमाडौं, पुस २० । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् ।ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो ।

‘यो विषय लगातार तेस्रोपटक उठिसकेको छ, ऐनमा प्रस्ट उल्लेख भएको विषयलाई यो वा त्यो निकायले गर्ने भन्ने विषयमा निर्णय गर्ने मिल्दैन, यो वर्ष पनि केन्द्रले नै परीक्षा लिनेछ’ –एक सदस्यको भनाइ थियो । ‘संघीय शिक्षा ऐन ल्याएर प्रदेशलाई अधिकार दिए भइहाल्छ नि’, ऐनमै नभएको विषयमा विवाद गर्नु उचित नभएको भन्दै एक सदस्यले भने– ‘केन्द्रबाटै परीक्षा लिनेबाहेक अन्य निर्णय गर्नु हुँदैन ।’

बोर्डको बैठकले परीक्षाको मिति मोडालिटीबारे अब बस्ने बैठकले निर्णय गर्ने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology