यस्तो छ नवलपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २४ गते १७:३५
यस्तो छ नवलपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना
Screenshot 20231011 172941 Lite

कावासोती । नवलपुर प्रहरीले दशैँ, तिहार तथा छठ लगाएतका पर्वलाई लक्षित गर्दै  चाडपर्व लक्षित  सुरक्षा योजना तयार गरी गत असोज २० गते देखि कार्यान्यवनमा ल्याएको छ ।

जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले चाडपर्व अवधिभर ३२४ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।

चाडपर्वको अवधी भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लघन, अवैध सामाग्री, लागुऔषध, अवैध घरेलु मदिरा, पटका  ओसार पसार लगायतका गतिविधि रोक्न राजमार्ग एवम् सीमानाका लगाएतका जिल्लाका १६ स्थानमा प्रहरी चेकिङ्ग सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार चाडपर्वका बेला जिल्लाको मुख्य सडक भएर यात्रा गर्ने यात्रुहरुका लागि विभिन्न ५ स्थानमा यात्रु सहायता कक्ष सन्चालनमा ल्याईएको छ भने भारत सँग जोडिएको त्रिवेणी नाकामा समेत सहायता कक्ष राखिएको छ ।

जिल्लाको प्रमुख धार्मिक स्थलहरु मौलाकालीका, शाश्वतधाम, दाउन्ने देवि, गजेन्द्रमोक्ष धाम लगाएतका स्थानमा भक्तजनहरुको सुरक्षार्थ प्रहरी परिचालन गरिएको पौडेलले बताए ।

नवलपुर प्रहरीले लागू गरेको चाडपर्व लक्षित सुरक्षा योजनामा पुर्व पश्चिम राजमार्गमा सवारी गस्ती, राजमार्ग तथा अन्य सुरक्षा संवेदनशिल १९ स्थानहरुमा प्रहरी परिचालन, बजार तथा ग्रामीण ईलाकामा मोटरसाइकल गस्ती,ग्रामीण ईलाकाको शान्ति सुरक्षाका लागि पैदल गस्ती तथा ग्रामीण गस्ती परिचालन, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायहरुसँग समन्वय गरी बजार अनुगमन गर्न प्रहरी परिचालन, जुवातास, प्राकृतिक श्रोतको चोरी, तस्करी, खोडखोडे, कौडा लगायतका अवैध गतिविधि नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन, चाडपर्वको समयमा हुन सक्ने चोरी, सार्वजनिक सवारी साधनमा लुटपाट, पकेटमारी लगायतका आपराधिक तथा दुर्व्यवहारजन्य घटनाहरु हुन नदिन ४ वटा प्रहरी इकाईबाट २/२ जना प्रहरी परिचालन गरी  सेफ्टी पिन कार्यक्रम सन्चालन लगाएतका कार्यक्रम रहेको नायब उपरीक्षक पौडेलले बताए ।

 

प्रकाशित : २०८० असोज २४ गते १७:३५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI