यस्तो छ तीन दिनको मौसम: हल्का वर्षादेखि हिमपातसम्म

NAWALPUR TIMES

यस्तो छ तीन दिनको मौसम: हल्का वर्षादेखि हिमपातसम्म
mausam

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ।

शनिबार रातिदेखि नै मौसममा बदली आएको थियो। मौसममा बदली भएपछि किसानले पाकेको धान काट्न पाएका छैनन्। केही किसानले धान काटे पनि पानीले भिजाएको छ।

बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सोमबार बिहान देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक १ गते सोमबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना छ।

२०७८ कार्तिक २ गते मंगलबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ कार्तिक ३ गते बुधबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology