यस्तो छ तीन दिनको मौसम ? कहाँ–कहाँ हुन्छ वर्षा ?

NAWALPUR TIMES

यस्तो छ तीन दिनको मौसम ? कहाँ–कहाँ हुन्छ वर्षा ?
1602385065152

काठमाडौं, २५ असोज । हाल देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एकर दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिएको बिहान ६ बजे जारी बुलेटिनमा उल्लेख छ।
आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राती देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology