यस्तो छ आजको मौसम

NAWALPUR TIMES

यस्तो छ आजको मौसम
mausam 1c3a5

काठमाडौँ – हाल देशमा भारतको बिहार  देखि बङ्गालको खाँडी सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology