यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

NAWALPUR TIMES

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
mausam

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुकोआंशिक प्रभाव रहेको जनाएको छ ।

भने, हाल प्रदेश नं १, ३ का केहि भूभागमा आंशिक बदली रहेको छ ।

यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ। भने, राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

यस्तै, सोमबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । र, राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, मंगलबार दिउँसो  देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

भने राति देशको पहाडि भू(भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology