यसकारण कोलकताबाट दिल्ली सारिएको थियो भारतको राजधानी

NAWALPUR TIMES

यसकारण कोलकताबाट दिल्ली सारिएको थियो भारतको राजधानी
gateway of india delhi durbar 1911 george v queen 1607604082 6yS1ZcLzyy

‘हामी भारतका जनतालाई यो बताउन पाउँदा खुसी भइरहेका छौं कि सरकार र उसका मन्त्रीहरुको सल्लाहमा देशलाई राम्रो ढंगले प्रशासित गर्नका लागि ब्रिटेनको सरकारले भारतको राजधानीलाई कलकत्ताबाट दिल्लीमा स्थानान्तरित गरेको छ,’ बेलायतका राजा जर्ज पञ्चमले १२ डिसेम्बर १९११ को बिहान दिल्लीमा जम्मा भएको ८० हजारभन्दा धेरै भीडसामुु यस्तो मन्तव्य दिएका थिए । महाराजा जर्ज भारत भ्रमणमा आउने पहिलो राजा थिए, उनीसँग रानी मेरी पनि आएकी थिइन् ।

जर्ज र मेरीले मिलेर दिल्लीमा दरबार पनि सजाएका थिए । यस दरबारमा भारतभरका राजा–रजौटा र राज घराना सहभागी थिए । दरबार खुल्नुभन्दा एक दिनअघि पुरै दिल्लीलाई उज्यालो बनाइएको थियो । त्यस दिन छुुट्टी पनि थिइएको थियो । कतै विरोध नहोस् भनेर धेरैलाई पक्राउ पनि गरिएको थियो । प्रहरीले सबैतिर नाकाबन्दी गरेको थियो ।

दरबारमा बसेर जब राजा जर्जले दिल्लीलाई राजधानी घोषणा गरेपछि त्यस दिन सबै घरमा दिपावली गरियो । यस दिनलाई खास बनाउनका लागि बिजुुलीको पनि विशेष प्रबन्ध गरिएको थियो ।
अंग्रेजहरु दिल्लीमा आफ्नो छाप छाड्न चाहन्थे र उनीहरुले त्यो गरे पनि । अंग्रेजहरुले यहाँ भाइसराय हाउस र नेशनल वार मेमोरियलजस्ता भवन बनाए, जसलाई आज राष्ट्रपति भवन र इन्डिया गेट भनिन्छ ।

दिल्लीको डिजाइन गर्ने जिम्मा ब्रिटिश आर्किटेक्ट एडवर्ड लुटियन्स र सर हर्बट बेकरलाई दिइएको थियो । उनीहरुले ४ वर्षमा पुरै दिल्लीको डिजाईन गर्नुपर्ने थियो, तर समय लम्बिएर २० वर्ष लाग्यो । १३ फब्रुअरी १९३१ मा दिल्लीलाई राजधानीका रुपमा उद्घाटन गरियो ।

दिल्लीलाई राजधानी बनाउनुको खास कारण थियो । १९०५ मा जब बंगालको विभाजन भएको थियो, तब यही समय अंग्रेजविरुद्ध भारतमा विद्रोह सुरु भयो । त्यस समय कलकत्ता नै भारतको राजधानी थियो, तर विभाजनको कारणले पैदा भएको विद्रोह शान्त हुन सकेको थिएन । त्यसैकारण अंग्रेजले दिल्लीलाई राजधानी बनाइदिए ।

त्यतिबेला ‘दिल्लीमा कसैले पनि लामो समयसम्म गर्न सक्दैन’ किम्वदन्ती नै थियो । नभन्दै यस्तै भयो । दिल्लीलाई राजधानी घोषित गरेको ३६ वर्षभित्रै अंग्रेजहरुले भारत छाडे, १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भयो । स्वतन्त्रतापछि पनि दिल्ली नै भारतको राजधानी कायम छ ।भाष्कर डटकम बाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology