म प्रधानमन्त्रीको ‘रेस’मा छैन, प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन : देउवा

NAWALPUR TIMES

म प्रधानमन्त्रीको ‘रेस’मा छैन, प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन : देउवा
sherbahadur deuba IdwK4GVWvI 1

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

शनिबार देउवा निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको जिकिर गरे ।

आफूहरुलाई विपक्षमा बस्ने म्यान्डेड भएको भन्दै उनले प्रधानमन्त्री बन्न नचाहेको बताए । विपक्षी दलको नेता भावी प्रधानमन्त्रीको रुपमा रहने भए पनि प्रधानमन्त्रीको लोभलालच नभएको उनको भनाइ छ । “म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्यान्डेड विपक्षमा बस्ने म्यान्डेड भन्ने चलन छ नि हाम्रो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर, म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन । यस्तोमा लाग्नु पनि छैन मैले,” उनले भने ।

सभापति देउवालाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपाभित्रको प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको भए पनि कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology