“म्युजिक भिडिओ, चलचित्रमा हाम्रो ड्रेस प्रयोग नगर्नू” : प्रहरी

NAWALPUR TIMES

“म्युजिक भिडिओ, चलचित्रमा हाम्रो ड्रेस प्रयोग नगर्नू” : प्रहरी
1602153019.Police dress actor

काठमाडौं। आफ्नो अनुमतिबिना म्यूजिक भिडिओ, चलचित्रलगायतका क्षेत्रमा प्रहरी पोशाक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ। विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट मुभी, साङ्गीतिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै त्यस्तो नगर्न अनुरोध गरेको हो।

 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै अनुमतिबिना नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न, प्रहरीको मोनोग्राम प्रयोग नगर्न भन्दै सचेत गराएका छन्। प्रहरी पोशाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचारप्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको विज्ञप्तिमा भनिएको छ।

 

अनुमतिबिना प्रयोग भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। चलचित्र, म्युजिक भिडिओ, सांगीतिक कार्यक्रम आदिमा प्रहरीको पोशाक, दर्ज्यानी चिह्न, प्रहरीको मोनोग्राम प्रयोग हुँदै आएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology