म्यादी प्रहरीका लागि नवलपुरमा २ हजार बढिको आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ७ गते १९:३३
म्यादी प्रहरीका लागि नवलपुरमा २ हजार बढिको आवेदन
1648556611498 768x578 1

नवलपुर । नवलपुरमा म्यादी प्रहरीमा भर्ना हुन २ हजार १ सय ५७ले आवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरी बन्न नवलपुरमा २ हजार १ सय ५७ जनाले आवेदन दिएका  हुन् । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू रहेका छन्।

बिहीबार सम्म  जिल्ला प्रहरी कार्यालय नवलपुरमा २ हजार १ सय ५७जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले  बताए । आवेदन दिनेमा १ हजार ५ सय ४४ पुरुष र ६ सय १३ जना महिला रहेका र ती मध्ये म्यादी प्रहरीका लागि आवेदन दिनेमा २३ जना पुर्व सुरक्षाकर्मी र ५ सय ७४ जना पुर्व म्यादी प्रहरी रहेका छ्न ।

म्यादी प्रहरीमा आवेदन दिएकाहरुको भाद्र ९ गते देखि छनौट प्रक्रिया सुरु हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी भर्ना, छनाेट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।

 

प्रकाशित : २०७९ असोज ७ गते १९:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI