म्याक्स ओ’ डोडको ऐतिहासिक विस्फोटक शतक, नेदरल्याण्डद्वारा मलेसियालाई विशाल लक्ष्य

NAWALPUR TIMES

म्याक्स ओ’ डोडको ऐतिहासिक विस्फोटक शतक, नेदरल्याण्डद्वारा मलेसियालाई विशाल लक्ष्य
1618733217223

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान कीर्तिपुरमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाउदै मलेसियालाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर टोबेस भाइस १ रन बनाएर तेश्रो ओभरमा पवनदिप सिंहबाट बोल्ड भएपछि अर्का ओपनर म्याक्स ओ’डोडले एक किनार सम्हालेर ब्याटिंग गरे। ओ’डोडले दोश्रो विकेटको लागि स्कट एड्वार्ड्ससंग ४९ रनको साझेदारी गरे। २३ बलमा ३ चौका र १ छक्का मद्दतले ३१ रन बनाएका एड्वार्ड्सलाई नवौं ओभरमा अनवर रहमानले एलबिडब्लु आउट गरे।

ओ’डोडले त्यसपछि आक्रामक ब्याटिंग गर्दै तेश्रो विकेटको लागि बेन कुपरसंग उत्कृस्ट साझेदारी गर्दै नेदरल्याण्डको योगफल १५० पार गराए। सोहि क्रममा उनले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक समेत पुरा गरे। तेश्रो विकेटको लागि ओ’डोड र कुपर बीच अविजित १२५ रनको साझेदारी भयो।

म्याक्स ओ’ डोडले अविजित १३३ रन बनाए जुन क्रममा मात्र ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरे। कुपरले अविजित २० रन बनाए।

म्याक्स ओ’ डोडको शतक नेदरल्याण्डको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमानै पहिलो शतक हो। यस अघि पिटर सिलरले बनाएको ९६ रन नेदरल्याण्डको उच्च व्यक्तिगत स्कोर थियो।

मलेसियाको बलिंगमा पवनदिप सिंह र अनवर रहमानले समान १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले दोश्रो खेल सोमबार मलेसियासंग खेल्ने तालिका रहेको छ। पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology