मौसम पूर्वानुमान : कुन-कुन प्रदेशमा भारी बर्षा हुँदैछ ?

NAWALPUR TIMES

मौसम पूर्वानुमान : कुन-कुन प्रदेशमा भारी बर्षा हुँदैछ ?
barsa hune

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भई देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

शुक्रबार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology