मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १७ गते ११:२४
मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
received 619758553124374

कावासोती । नेपालीहरुको महान चाड बडा दसैं सुरु भए सँगै पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ ।

नवरात्रीको आठौं दिन अर्थात महाअष्टमीको दिन मौलाकालिका मन्दिरमा पुजापाठका लागि अरु दिनहरु भन्दा धेरै भक्तजनहरु आएका छ्न ।

मौलाकालिका मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छ्न ।

मौलाकालिका मन्दिरमा अरु बेला भन्दा बडा दसैंसुरु भए सँगै पुजापाठ गर्न आउने भक्तजनहरुको संख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनु भयो । मन्दिरमा फुलपातीको अघिल्लो दिन करिब ८ हजार भक्तजन पुजापाठ गर्न आएका मा आज महाअष्टमीको दिन साँझ सम्ममा ८ हजार बढी भक्तजन आउने अनुमान गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।

राजा मणिमुकुन्दसेनले १६ औं शताब्दीमा मन्दिर रहेको स्थानमा मौलाको स्थापना गरेर देविको पुजा सुरु गरेका हुनाले यो मन्दिरलाई मौलाकालिका मन्दिर भन्ने गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो । पछिल्लो समय २०३२ सालमा देखि मन्दिरमा पुजापाठ गर्न सुरु गरिएको र २०३७ बाट धार्मिक सेवा समिति बनाएर मन्दिर संरक्षणको काम अगाडि बढाइएको सापकोटाले बताउनुभयो ।
यस मन्दिरमा आएर पुजापाठ गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको र मन्दिरमा जनावरको बलि भने चढाईने गरिदैन ।मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पुजा गर्न आउने गरेका अध्यक्ष सापकोटाले बताउनु भयो ।

प्रकाशित : २०७९ असोज १७ गते ११:२४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI