मौलाकालिका देवघाट धर्मशाला निर्माणका लागि डिपिआर तयार “एक अर्ब पाँच करोड बराबरको योजना”

NAWALPUR TIMES

मौलाकालिका देवघाट धर्मशाला निर्माणका लागि डिपिआर तयार “एक अर्ब पाँच करोड बराबरको योजना”
received 538679067340186

भुमिलाल पौडेल/गैंडाकोट । मौलाकालिका देवघाट धर्मशाला निर्माणका लागि डिपिआर तयार भएको छ । तयारी अवस्थामा रहेको उक्त डिपिआर देवघाट क्षेत्र विकास समितिले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरलाई हस्तान्तरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले यहाँका धार्मिक क्षेत्रहरू पर्यटकीय केन्द्रको रुपमा देशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित भइसकेकाले सबैजना मिलेर लाग्ने हो भने जस्तोसुकै काम पनि सजिलै गर्न सकिने धारणा व्यक्त गर्नुभयो । मौलाकालिका मन्दिरका सबै सदस्यहरुले आ आफ्नो ठाउँबाट जिम्मेवारीखपूर्वक काम गरेको हुनाले यसको तिब्रोत्तर विकास भएको र लोकगीत तथा विभिन्न कार्यक्रमहरु मार्फत पनि यो धार्मिक क्षेत्रको व्यापक रूपमा प्रचारप्रसार भइसकेको वताउनु भयो ।

यसैगरी देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले तयारी अवस्थामा रहेको डिपिआरमा यस क्षेत्रको समग्र विकासको लागि विभिन्न महत्वपूणर् संरचना निर्माण गर्न सकिने बताउँदै एक अर्ब पाँच करोड बराबरको योजनाहरु डिपिआरमा समाहित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा आफ्ना भनाईहरु राख्दै गैंडाकोट नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले देवघाट क्षेत्र विकास समितिमा पनि आवश्यकता अनुसारको धर्मशाला नभएको अवस्थामा अब बन्न गइरहेको धर्मशालाले देवघाट क्षेत्रलाई पनि महत्वपूणर् योगदान पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालीग्राम सापकोटाले पशुपति क्षेत्र र देवघाट क्षेत्र भन्ने बित्तिकै पवित्र आस्थाकेन्द्रको रुपमा विश्वमै परिचित भएकोले यसको विकासमा महत्वपूणर् योगदान पुर्याउन सक्नेमा आफू विश्वस्त भएको बताउनुभयो । मंगलबार हस्तान्तरण गरिएको डिपिआरमा धर्मशाला सहित देवघाट तथा मौलाकालिका मन्दिरको समग्र विकासका अन्य आयामहरुलाई पनि समावेश गरिएको कार्यक्रका वक्ताहरुले जानकारी दिनुभएको थियो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको संचालन समितिका सचिव सुरेन्द्र रेग्मीले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology