मोर्गन र मलान चम्किदा इंग्ल्यान्डको शानदार जित

NAWALPUR TIMES

मोर्गन र मलान चम्किदा इंग्ल्यान्डको शानदार जित
IMG 20200830 225215

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत दोश्रो टि-२० मा घरेलु टिम इंग्ल्यान्डले ५ विकेटको शानदार जित दर्ता गरेको छ।

जितपछि १ खेल बाँकी रहंदा सिरिजमा घरेलु टिमले १-० को अग्रता हाँसिल गरेको छ। तेश्रो तथा निर्णायक टि-२० सेप्टेम्बर १ मा खेलिनेछ। यस अघि पहिलो टि-२० वर्षाले प्रभावित हुँदा नतिजाविहिन रहेको थियो। यस अघि पाकिस्तानसंग तिन टेस्टको सिरिज इंग्ल्यान्डले १-० ले जितेको थियो।

मोर्गन र मलानको शतकीय साझेदारी  

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै पाकिस्तानले दिएको १९६ रनको लक्ष्य इंग्ल्यान्डले ५ विकेट गुमाएर १९.१ ओभरमा पुरा गर्यो।

इंग्ल्यान्डमा खेलिएको टि-२० मा कुनै पनि टिमले पछ्याएको यो दोश्रो सबैभन्दा ठुलो लक्ष्य हो। यस अघि भारतले इंग्ल्यान्ड बिरुद्ध २०१८ मा १९९ रनको लक्ष्य पछ्याएको थियो।

लक्ष्य पछ्याउने क्रममा विस्फोटक सुरुवात गरेको इंग्ल्यान्डको लागि ओपनर टम बान्टन र जोनी बेयरस्टोले ६६ रनको साझेदारी गरे। सातौँ ओभरको दोश्रो र तेश्रो बलमा लेग स्पिनर शदाब खानले दुवै ओपनरलाई लगातार बलमा पेभेलियन फर्काए। बेयरस्टोले ४४ रन बनाउने क्रममा २४ बलमा २ छक्का र ४ चौका तथा बान्टनले २० रन बनाउन १६ बलमा १ छक्का प्रहार गरे।

लगातार २ विकेट गुमेपछि इंग्ल्यान्डको इनिंग कप्तान मोर्गन र दविड मलानले सम्हाले। आक्रामक ब्याटिंग गर्दै कप्तानी इनिंग खेल्ने क्रममा मोर्गनले २७ बलमा १४ औं अर्धशतक पुरा गर्दै टिमलाई जिततर्फ डोर्याए।

मोर्गनलाई १७ औं ओभरमा हरिश रौफले क्याच आउट गराए। मोर्गनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए। मलानसंग मोर्गनले तेश्रो विकेटको लागि ११२ रनको साझेदारी गरे।

मोर्गनको विकेटपछि लगत्तै ओभरमा १ रन बनाएका मोइन अलिलाई शदाब खानले तेश्रो शिकार बनाए। तर इंग्ल्यान्ड त्यसबेलासम्म जित नजिक पुगीसकेको थियो।

त्यसपछि दविड मलानले अर्धशतक पुरा गर्दै टिमलाई जितसम्म पुर्याए। छैठौं अर्धशतक बनाउदै उनले अविजित ५४ रन बनाए जुन क्रममा ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

दवीड मलानले सातौँ अर्धशतक बनाउने क्रममा ५४ रनमा अविजित रहे

पाकिस्तानको बलिंगमा लेग स्पिनर शदाब खानले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। हरिश रौफले १ विकेट लिए। मोहम्मद आमिरले २ ओभरमा २५, शाहिन अफ्रिदीले ३ ओभरमा ४०, इमाद वासिमले ३ ओभरमा ३० तथा इफ्तिखार एहमदले ३ ओभरमा ३१ रन खर्चेर विकेटविहिन रहे।

हफिजको विस्फोटक ब्याटिंग 

टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो।

पाकिस्तानको लागि मोहम्मद हफिजले विस्फोटक ब्याटिंग गर्दै ६९ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ५६ ( ४४ बलमा ७ चौका ) तथा फखर जमानले ३६ रन ( २२ बलमा ५ चौका र १ छक्का ) बनाए।

हफिजले ६९ रन तथा आजमले ५६ रन बनाए

पहिलो विकेटको लागि आजम र जमानले ७२ रनको साझेदारी गरे। त्यसपछि ब्याटिंगमा आएका हफिजले आजमसंग ४० रनको, तेश्रो विकेटको लागि शोयब मलिकसंग ५० रनको तथा चौथो विकेटको लागि इफ्तिखार एहमदसंग ३२ रनको साझेदारी गरे। हजिफलाई अन्तिम ओभरमा टम करनले क्याच आउट गराएका थिए।

इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर राशिद खानले ३२ रन खर्चेर सर्वाधिक २ विकेट लिए। क्रिस जोर्डन ( १/४१ ) र टम कुरान ( १/४६ ) ले समान १ विकेट लिए। सकिब मोहम्मद ( ०/३८ ) , मोइन अलि ( ०/१० ) , र लुइस ग्रेगरि ( ०/२२ ) विकेटविहिन रहे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology