मोदनाथ प्रश्रितद्वारा पद्यमश्री साधना सम्मान नलिने घोषणा

NAWALPUR TIMES

मोदनाथ प्रश्रितद्वारा पद्यमश्री साधना सम्मान नलिने घोषणा
modnath prasrit

काठमाडौं, १२ असोज । साहित्यकार मोदनाथ प्रश्रितले पद्यमश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । आफूलाई पुरस्कार दिने घोषणा भएपछि चरित्र हतया गर्न केही व्यक्ति तथा समूह लागेको भन्दै पुरस्कार नलिने घोषणा गरेका हुन् ।

‘खेम हरिकला समाज कल्याण परिषद्ले मलाई पद्यमश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु,’ पूर्व शिक्षामन्त्री समेत रहेका प्रश्रितले विज्ञप्तिमा भनेका छन्, ‘यो समाचार प्रकाशित भए पश्चात् अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हतया गर्ने केही व्यक्त तथा समुह लागेको सन्दर्भमा मैंले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछू ।’

यसअघि पुरस्कार घोषणापछि उनको चरित्रका बारे प्रश्न उठाइएको थियो । पुरस्कृतमा नाम परेका अर्का साहित्यकार सञ्जीव उप्रेतीले आफूले प्रश्रितसँग एउटै मञ्चमा नउभिने भनेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology