मोती जयन्ती विशेष : मोतीराम भट्टका गजल

NAWALPUR TIMES

मोती जयन्ती विशेष : मोतीराम भट्टका गजल
th

कावासोती । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

 

उनका केही गजलहरु

१.

यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो
नत याद भो नत स्वाद भो न यता भयें न उता भयें ।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें ।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें ।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भयें न उता भयें ।

 

२.

दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो

३.

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोति’ पनि झर्न लागे

 

४.
इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोति’ पनि झर्न लागे

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology