मोडलिङका दिनमा यस्ती देखिन्थिन दिपिका पादुकोण, हेर्नुहोस तस्बिर

NAWALPUR TIMES

मोडलिङका दिनमा यस्ती देखिन्थिन दिपिका पादुकोण, हेर्नुहोस तस्बिर
deepika padukone ypq4Q8A1Os

बलिउड नायिका दीपिका पादुकोणले इन्डष्ट्रिमा निकै लामो यात्रा निश्चित गरिसकेकी छिन् । बलिउडमा उनले आफ्नो एक विशेष स्थान बनाएकी छिन् । नायिकाले शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म सन् २००८ मा रिलिज भएको थियो । त्यसपछि दीपिकाले ‘लभ आज कल’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘पीकू’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’समेत थुप्रै फिल्ममा काम गरिन् ।

 

डेनमार्कमा भएको थियो जन्मः

दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगन शहरमा भएको थियो । दीपिका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् । उनकी आमा उजाला ट्राभल एजेन्ट हुन् र बहिनी अनिशा गोल्फ खेलाडी हुन् । दीपिका एक वर्षकी हुँदा उनका आमाबुवा बेंगलुरु सिफ्ट भएका थिए ।

पढाई छोडेर मोडलिङमा आइन्ः

बेंगलुरुको सोफिया हाइस्कूलमा स्कूलिङ र माउन्ट कार्मल कलेजबाट प्रि–युनिभर्सिटीको पढाई पूरा गरिन् । त्यसपछि दीपिकाले बीए गर्ने उद्देश्यले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीमा भर्ना लिइन् तर पढाई बीचमा नै छोडेर उनी मोडलिङमा आइन् ।

८ वर्ष हुँदादेखि गरिन् कामः

दीपिकाले आफ्नो करियरको सुरुवात निकै सानो उमेरदेखि नै गरिन् । दीपिका ८ वर्षकी उमेरमा विभिन्न विज्ञापनमा देखिइन् । त्यसपछि किशोरावस्थामा उनले लिरिल र क्लोज अप जस्ता थुप्रै ब्रान्डका लागि विज्ञापन गरिन् ।

साउथ फिल्मबाट सुरु गरिन् करियरः

सन् २००६ मा दीपिकाले कन्नड फिल्म ऐश्वर्याबाट पर्दामा इन्ट्रि गरिन् । यो फिल्म सफल रह्यो । त्यसको वर्षदिन पछि शाहरुख खानको अपोजिटमा फिल्म ‘ओम शान्ति ओम’ मा उनले ब्रेक पाइन् । थुप्रै फिल्ममा उत्कृष्ट अभिनय गरेर उनी दर्शकको प्रिय बनिन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology