मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

NAWALPUR TIMES

मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु
accident bus

चितवन । चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ ।

टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको  ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिईन । घाइते भएकी उनको नँया मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार सहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology