मोटरसाइकल दुर्घटनामा घाईतेको उपचारको क्रममा मृत्यु

NAWALPUR TIMES

मोटरसाइकल दुर्घटनामा घाईतेको उपचारको क्रममा मृत्यु

कावासोती । गएको १६ गते हुप्सेकोटमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिका १ जुगेपानीमा ग प्र.०४ –००१ प ७७२८ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाई सडक छेउको बिजुलीको पोलमा ठोक्किन जाँदा घाइते जुगेपानीका ३८ वर्षीय दीपक रानाको उपचारको क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जुगेपानीबाट हसौरातर्फ जाने क्रममा भएको उक्त दुर्घटनामा परि घाइते रानाको आज बिहान भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology