मेघगर्जन र  चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना

NAWALPUR TIMES

मेघगर्जन र  चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना
mausam 1c3a5

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा  र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ।

यता, देशका पहाडी भूभागका  एक दुई स्थानमा मेघगर्जन र  चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology