मुलुकभर ३३८३ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १९ गते १८:०३
मुलुकभर ३३८३ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु
Corona1617245112
काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९९४ जना कोरोनामुक्त भए, २४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ६४ हजार ९९७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।

प्रकाशित : २०७८ साउन १९ गते १८:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI