मुना पाण्डेको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १३ गते ९:३६
मुना पाण्डेको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
nepali yuwati hatya

कावासोती । प्रहरीले अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक गरेको छ ।

नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।

होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डेको आफ्नै घरमा हत्या गरिएको थियो । फुटेजमा देखिएको ती व्यक्ति मुनाका प्रेमी भने नरहेको बताइएको छ ।

प्रहरीले अभियुक्त पहिचानका लागि चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।

प्रकाशित : २०८१ भदौ १३ गते ९:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI