मुख्यमन्त्रीको गुनासो : संघीय सरकारले संविधान अनुसार अधिकार दिन कन्जुस्याइँ गर्‍यो

NAWALPUR TIMES

मुख्यमन्त्रीको गुनासो : संघीय सरकारले संविधान अनुसार अधिकार दिन कन्जुस्याइँ गर्‍यो
received 266082095671877

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले संविधानमा भएको व्यवस्था र संघियताको मर्म अनुसार संघीय सरकारले प्रदेश सरकारहरुलाई दिनु पर्ने अधिकार नदिएको प्रती गुनासो गरेका छन ।

बुधबार नवलपुरको देवचुलीमा रहेको धुसेरी सामुदायिक वनको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले भने “मेरो पनि केन्द्रिय सरकार सँग गुनासो छ, संविधाले जुन अधिकार दिएको छ, जुन संघीय पद्धतिमा हामी गईरहेका छौ त्यो अनुसार अधिकार दिनलाई केन्द्रले कन्जुस्याइँ गरेको छ, जस्तो कि बाटो बनाउन कहि कतै रुख काटनु पर्यो भने पनि रुख काटन समेत केन्द्रलाई सोध्नु पर्ने व्यवस्था छ, यो कसरी संघीयताको मर्म अनुसार भयो ?” मुख्यमन्त्रीले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले संघीय सरकारले समयमै आवश्यक ऐन नबनाउदा प्रदेश सरकारलाई ऐन बनाउन समस्या परेको बताए । प्रदेशले पहिलै ऐन बनाए संघिय कानुन बनेर आउदा बाझिएमा बदर हुने संवैधानिक व्यवस्था रहेकाले वन खानेपानी लगाएतका क्षेत्रहरुका लागी प्रदेशले बनाउनु पर्ने कानुन बन्न रोकिएको मुख्यमन्त्रीको भनाई थियो ।

कार्यक्रम मुख्यमन्त्री नेपालीले सामुदायिक वनहरुले राष्ट्रको गौरव बढाएको बताए । विदेशीहरु सामुदायिक वन हेर्नैका लागि नेपाल आउने गरेका र नेपालका सामुदायिक वनले वातावरण पर्यापर्यटन मात्रै नभएर समाजको आर्थिक स्तर उकास्न समेत सहयोग गरेको भन्दै मुख्यमन्त्री नेपालीले प्रदेशले वन ऐन बनाउदा सामुदायिक वन महासंघको सल्लाह अनुसार गर्ने बताए ।

मुख्यमन्त्री नेपालीले आफू नवलपुरबाट निर्वाचित भएर मुख्यमन्त्री भएकाले पनि जिल्लाको पुर्वाधार विकासमा आफु गम्भीर भएको र आगामी बजेटमा यस्लाई यथेष्ट सम्बोधन गर्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology