मुकेश चाैरसिया हत्या प्रकरणः नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

NAWALPUR TIMES

मुकेश चाैरसिया हत्या प्रकरणः नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता
1603972634501 scaled

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य मुकेश चौरसियाको हत्या आरोपमा नेकपाकै नेता तथा संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता भएकाे छ ।

चौरसिया परिवारले दिएको जाहेरी जिल्लाकाे सरकारी वकिल कार्यालयले दर्ता गरेकाे हाे ।  पीडित परिवारको जाहेरी दर्ता गरी पत्रसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पर्सा जिल्ला प्रहरीमा पठाइएको कार्यालयले जनाएकाे छ ।

यसअघि गुप्तालाई मुख्य आरोपी बनाएर पीडित परिवारले दिएकाे जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न अस्वीकार गरेपछि पीडित परिवार सरकारी वकिल कार्यालयमा पुगेकाे थियाे । सम्बन्धित प्रहरी कार्यालयले दर्ता नगरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गर्ने कानुनी प्रावधान छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology