मामा घर आएका बालकको गिरुबारी खोलामा डुबेर ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ६ गते १०:०५
मामा घर आएका बालकको गिरुबारी खोलामा डुबेर ज्यान गयो
Dead 1561007018

कावासोती । नवलपुरमा ११ वर्षीय बालकको खोलामा डुबेर ज्यान गएको छ ।

रुपन्देही तिलोत्तमा न.पा.४ सिता राईसमिल घर भएका ११ वर्षीय बालक सुगम थापा गिरुबारी खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

मध्यबिन्दु नगरपालिका वडा नं ८ भागरमा रहेको मामा घर आएका थापा पौडि खेल्ने क्रममा डुबेर घाईते भए पछि उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पु¥याईको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ

प्रकाशित : २०८० असार ६ गते १०:०५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI