मापसे गरेका पुरुषको गण्डक बाँधबाट खसेर मृत्यु

NAWALPUR TIMES

मापसे गरेका पुरुषको गण्डक बाँधबाट  खसेर मृत्यु
1551934776Gandak Nepal India

कावासोती । मापसे गरेर हिडेका एक जना पुरुषको गण्डक बाँधबाट खसेर मृत्यु भएको छ ।

बिनयी त्रिवेणी गाउँपालिका वडा नं ७ रहेको गण्डक बाँधको २४ नम्बर फाटक बाट चितवन भरतपुर घर भई रानीनगर बजार आसपास माग्दै हिडने कृष्ण दराई खसेका नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मापसे गरेर हिडेका दराई बाँधबाट खसे पछि तत्काल उद्धार गरेर सहिद स्मृति अस्पताल चौपत्ता पठाईएको र उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकका आफन्तलाई खबर गरिएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology