नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं ३ बाट प्रहरीलाई हातपात गर्ने ३ जना पक्राउ परेका छ्न ।
हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ फागुन ३० गते १७:२९
Facebook Comment