कावासोती । नवलपुरमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
गैडाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट गाउँपालिका १४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो ।
माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए ।
माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।
प्रकाशित : २०८१ जेठ १७ गते ८:१४
Facebook Comment