माछा मार्ने क्रममा नारायणीमा डुबेर बेपत्ता पुलामीको शव फेला

NAWALPUR TIMES

माछा मार्ने क्रममा नारायणीमा डुबेर बेपत्ता पुलामीको शव फेला
FB IMG 1692493311549

कावासोती नारायणी नदिमा डुबेर बेपत्ता भएका २० वर्षीय युवकको शव फेला परेको छ ।

शनिबार दिउसो साथीहरुसँग माछा मार्न गएका देवचुली-११ का मंगलसिंह पुलामी माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएका थिए ।

कावासोती नगरपालिका वडा नं११ को लोकहा खोला र नारायणी नदिको दोभानमा डुबेर बेपत्ता भएका पुलामीको शव आईतबार फेला परेको देवचुली ११ का वडासदस्य डम्बरबहादुर सिंजालीले जानकारी दिए ।

उद्धार तथा खोजी कार्यमा खटिएका स्थानीय युवाहरुले तियारी जालको सहायताले शव फेला पारेका हुन

स्थानीयक अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology