माछामा आत्मनिर्भर बन्दै पुर्वी नवलपरासी

NAWALPUR TIMES

माछामा आत्मनिर्भर बन्दै पुर्वी नवलपरासी
download

कावासोती, २३ पुस (रासस) : माछा पालनमा किसानहरु आकर्षित हुँदै गए पछि पुर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ ।

जिल्लामा २ हजार ८ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार ५ सय बढि साना ठुला पोखरीबाट यस वर्ष अघिल्लो भन्दा २५ प्रतिशत धेरै माछा उत्पादन हुने प्रक्षेपण गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्वी नवलपरासीका मत्स्य विकास अधिकृत सन्दीप लामीछानेले जानकारी दिनु भयो । गत वर्ष ९ सय ३३ मेट्रिक टन माछा उत्पादन भएको मा यस वर्ष २५ प्रतिशत बढेर करिब ११ सय मेट्रिक पुग्ने लामिछानेले बताउनु भयो ।

पुर्वी नवलपरासीमा विषेश गरेर रहु, नैनी, सिल्भर कार्प, ग्रास कार्प लगायत स्थानिय जातका माछा पालिदै आएको छ । यस वर्ष प्रयोगशाला स्थापना, माछा पोखरीमै पुगेर प्यारामिटर परिक्षण गर्ने देखि नयाँ पोखरी निर्माण गर्दा लागत साझेदारीको आधारमा रोपनिको हिसाबले अनुदान दिईएकाले पनि यो वर्ष उत्पादन बढने न्यौपानेले बताउनु हुन्छ ।

जिल्लाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सँग जोडीएका धेरै भागमा व्यक्तिगत तथा सामुहिक रुपमा माछापालन गरिदै आएको छ । निकुञ्जबाट निस्किने व गैडा,बदेल, हरिण लगायतका जङ्गली जनावर आएर खेती नष्ट गर्न क्रम बढदै गए पछि खेती गर्न छाडेर किसानहरु माछापालन तर्फ आर्कषित हुन थालेका छन् ।
खेती गर्दा आफुले कहिल्यै पुरा बाली स्याहार्न नपाएको तर अहिले माछापालन सुरु गरेपछ आर्थिकपार्जोन सगै जङ्गली जनावरले दुख दिने झन्जटबाट मुक्त भएको कावासोती नगरपालिका १३ का किसान लक्ष्मी प्रसाद न्यौपानेले बताउनु हुन्छ । ।

केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको जिल्लामा माछापालन गर्ने किसानको संख्या र उत्पादन बढे सँगै बिस्तारै जिल्ला माछा उत्पादनमा आत्मनिर्भर हुँदै गएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology