महोत्तरीको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट

NAWALPUR TIMES

महोत्तरीको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट
1111111

महोत्तरी — महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।

उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology